सयौँ दिन पुग्दा पनि कोरोना संक्रमण नघटेकोमा पुर्बराजाको चिन्ता,देशभर द्रुतगतिमा सावधानी अपनाउन सुझाव



काठमाडौ,२९ चैत्र। कोरोना भाइरस (Covid19) को संक्रमण फैलिएसंगै त्यसप्रति निरन्तर चासो र चिन्ता व्यक्त गर्दै आउनुभएका पुर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले सो संक्रमण कम गर्नका लागि सरकारले अझ द्रुतगतिमा देशभर सक्दो सावधानीका उपायहरू अबलम्बन गर्दै जानू उत्तम हुने बिचार व्यक्त गर्नुभएको छ।

सयौं दिन पुग्दासम्म पनि बिश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा अझै कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएको भन्दै शुक्रवार राति ट्विटमार्फत पुर्बराजा शाहले सो बिचार व्यक्त गर्नुभएको हो।

वहाँले बिकसित र सम्पन्न राष्ट्रहरुले गरेका प्रयासका बाबजुद आइरहेको तथ्यांक हेर्दा सीमित श्रोत साधन भएको हाम्रो जस्तो मुलुकले त झन् ढुक्क हुने अवस्था नरहेको भन्दै आफ्नो ट्विटमा भन्नू भएको छ -‘यसर्थ सरकारले अझ द्रुतगतिमा देशभर सक्दो सावधानीका उपायहरु अबलम्बन गर्दै जानु उत्तम हुनेछ।’

प्रतिक्रिया दिनुहोस्