माप्य- खुम्बु छिट्टै जोडिंदै, ओर्लाङ्घाट पुलको काम धमाधम



सोलुखुम्बु २९ चैत्र । जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा लिएको ओर्लाङ्घाट स्थित दुधकोशी नदिमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम अन्तिम चरणमा पुगेको छ।

सगरमाथाको फेदिसम्मको सिधा यातायात सञ्चालनको लागि निर्मानाधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम ८० प्रतिशत भन्दा बढि सकिएको पालिका अध्यक्ष बुद्धिकिरण राइले जानकारी दिए। संघीय सांसद हेम कुमार राई (सुरबीर)ले गएको मंसिर १३ गते उद्घाटन भएको सो पुलको फाउन्डेसन उठाउने, ट्रद राख्ने र स्टील ठड्याउने काम सम्पन्न भएको अध्यक्ष राइले रहस्य खबरलाई जानकारी दिए।

राइका अनुसार माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङ्ल्यमु गाउँलिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानिमा निर्मानाधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम मौसम प्रतिकुलता र अहिले विश्वमा चलेको महामारी कोभिड १९ को लकडाउनको बाबजुद पनि समय सिमामानै सम्पन्न हुने दावी राइको छ।

निर्माणाधीन सो पुलको चार दिन अघि मात्रै नेकपाका केन्द्रीय सदस्य एबम संघीय सांसद राई, प्रदेश नं १ मा सत्तारूढ नेकपाका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी लगायतले निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्