नेपालका जिसी अमेरिकामा फेरि बने सुपर लयर्स



काठमाडौं । गुल्मीको सिर्सेनी गाउँपालिकाका खगेन्द्र जिसी अमेरिकामा ६ वर्षदेखि निरन्तर सुपर लयर्स बन्न सफल भएका छन् । ३३ वर्ष अघिदेखि अमेरिकाकोमा बसेर वकालत गर्दै आएका जिसी कानुन व्यवसायीको रेटिङ गर्ने संस्थाले गरेको मूल्यांकनमा यो वर्ष पनि उत्कृष्ट बनेका हुन् ।

न्यूयोर्कमा कार्यालय रहेको क्षत्री एण्ड एसोसिएटका अध्यक्ष उनी नेपालबाट अमेरिका गएर वकालत गर्ने पहिलो व्यक्ति हुन् । काठमाडौंको नेपाल ल क्याम्पसमा एल्एल्बी सकेर भारतमा पनि कानुन पढेका उनले अमेरिकाबाट जुरिस डाक्टरको थप अध्ययन गरे । विशेषगरी एन्आरएन्को नागरिकताको सवालमा वकालत गर्दै आएका उनले अमेरिका रहँदा विभिन्न भेदभाव र असमानताको विरोधमा आवाज बोल्दै आएका छन् ।

अमेरिकामा रहँदा पनि नेपाल र नेपालीलाई कानुनी प्रक्रियामा सहयोग गर्दै आएका उनले काठमाडौंमा कमलादीमा क्षत्री एण्ड एसोसिएड एण्ड पीसी सञ्चालन गरेर सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्