कालोबजारी गरेको अभियोगमा शंकर ग्रुपका सञ्‍चालक पक्राउ



काठमाडौ २५ चैत्र । कोभिड १९ को महामारी चलेको बेला कालोबजारी गरेको अभियोगमा शंकर ग्रुपका सञ्‍चालक पक्राउ परेका छन । काठमाडौं महानगरपालिका ४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई प्रहरीले नक्साल बालमन्दिरबाट पक्राउ गरेको हो ।

कोभिड-१९ विश्वव्यापी महामारी संकटको अवस्थामा बजार मूल्य अन्दाजी ३ हजार ५ सय रुपैयाँ प्रति गोटा पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँ प्रति गोटामा बेच्ने शंकर ग्रुपका संचालक एवम् कीर्गिस्तानका लागि अनररी कन्सुलर समेत रहेका अग्रवालले कालो बजारी गरेको पाइएपछि पक्राउ गरिएको अपराध महाशाखा प्रमुक सहकुल थापाले जानकारी दिए।
प्रहरीले अग्रवालले प्रयोग गर्ने २०९ -एच।सि।सी-१ नम्बर भएको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको मित्सुबिसी पजेरो गाडी र उक्त गाडीको डिकीमा राखिएको थर्मल गन ६७ थान बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्