हिपमतले दियो बिपन्नलाइ राहत



काठमाडौ , २४ चैत्र।युवा समाजसेवी कृष्ण कार्किको आर्थिक सहयोगमा सामाजिक कार्यकर्ता देबकिशन मुन्दडामार्फत सुनबर्शी नगरपालिकाका अति बिपन्न परिवार लाई राहत बितरण सम्पन्न भएको छ।देबेनारा परिवार र हिपमत मिडिया हाउस बिराटनगरको आयोजनामा बितरण गरिएको सो राहतबाट नगरपालिकाको वडा न (२,३,८,९ पथरीशनिचरे नगरपालिका वडा न ५ र ६ का गरिब एकल महिला, बृद्धबृद्दा लगायत दलित परिवार लावान्वित भएको हिमपतले जनाएको छ।

हिमपतले दिएको जानकारी अनुसार राहत स्वरुप एक परिवार बराबर ५ केजि चामल,आधा केजि दाल,एक केजि नुन एउटा लाईफब्वाई साबुन बितरण गरिएको थियो।कोरोना संक्रमणको त्रासका कारण उत्पन्न परिष्थितिमा बिपन्नलाइ थोरै भएपनी राहत मिलोस भन्ने उद्देश्यले हिमपत र मुन्दडासंगको सहकार्यमा सो सहयोग गरेको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्