चिसंखुगढीले ३० लाखको कोष स्थापना गर्ने
शोभित कुमार ढुंगेल
सोलुखुम्बु , २३ चैत्र। ओखलढुंगाको चिसंखुगडी गाउँपालिकाले ३० लाख रुपैयाँ बराबरको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्ने भएको छ।आवश्यकता अनुसार दायरा बढाउंदै जानेगरी गाउंकार्यपालिकाको बैठकले कोष स्थापना गर्ने सर्बसम्मत निर्णय गरेको अध्यक्ष निशान्त शर्मा बास्तोलाले जानकारी दिए।बैठकले गाउँपालिकाका सबै निर्बाचित प्रतिनिधिहरुको एक महिना बराबरको सेवा सुबिधाबापतको रकम सो कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ।
साथै समाजका लब्धप्रतिष्ठित ब्यक्ति ,समाजसेवी ,बुद्धिजीवी, राजनीतिज्ञ एबम् सम्पुर्ण इच्छुक महानुभाबहरुलाइ कोषमा रकम जम्मा गर्न आव्हान गर्ने निर्णय गरिएको बास्तोलाले बताए।अध्यक्ष बांस्तोलाका अनुसार बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असहायहरुलाइ मापदण्ड अनुसारको राहत बितरण गर्न चाहने ब्यक्ति वा संघ संस्थाले गाउँपालिकोको अनुमति एबं समन्वयमा एकद्वार प्रणालीमार्फत गर्नुपर्ने निर्णय समेत गरेको छ।