अमेरिकामा एकैदिन १,०४८ को मृत्यु, फ्रान्समा पनि १,०५३ ले ज्यान गुमाए



काठमाडौ २३ चैत्र । कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको कूल संख्या ३ लाख ११ हजार ३ सय ५७ पुगिसकेको छ जसमध्ये ८ हजार २ सय ६ जनाको स्थिती गम्भीर छ ।

हालसम्म १४ हजार ७ सय ४१ जना संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

यसका साथै, फ्रान्समा एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ५३ जनाले कोरोनाभाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ हालसम्म मृतकको कूल संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

एकैदिन ७ हजार ७ सय ८८ संक्रमित थपिएसँगै यहाँ कूल संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ८ सय ३८ गम्भीर स्थितीमा छन् । साथै, १५ हजार ४ सय ३८ जना निको भएर घरसमेत फर्किसकेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्