कोरोना अपडेट फ्रान्समा एकै दिन ५ हजार ३ सय ८७ जनाको मृत्यु



काठमाडौ २१ चैत्र । विश्व महामारीका रुपमा पैmलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बडदै गएको छ । चीनको बुहान शहरबाट सुरु भएको यो भाइरस यतिबेला विश्वका महामारीका रुपमा १ सय ८० भन्दा बढी देशमा पैmलिइ सकेको छ । त्यसमा मध्ये सबै भन्दा बढी असर अमेरिका स्पेन र फ्रान्समा देखिएको छ । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।

यद्यपि, १२ हजार ४ सय २८ संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्