कोरोनाको संक्रमणबाट अमेरिकामा एकैदिन ९६८ को मृत्यु, संक्रमितको संख्या २ लाख ४४ हजार नाघ्यो



काठमाडौ २१ चैत्र । कोरोना भाइसको संक्रमणका कारणमा अमेरिकामा एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ६ हजार ७० पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो ।

संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्