बिपन्न बर्ग र पत्रकारहरुका लागि राहत प्याकेज ल्याउन सभापति देउवाको माग



काठमाडौ १४ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यूनतम ज्यालादरमा कम नहुने गरी विपन्न वर्गलाई तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।

सभापति शेरबहादुर देउवा
सभापति शेरबहादुर देउवा

लकडाउनका कारण न्यून आय भएका कर्मचारी, श्रमिक, युवा तथा घर भाडामा बस्ने विद्यार्थीलाई राहत प्याकेज ल्याउन अनुरोध गरेका छन्। कोरोनाका कारण सबै प्रकारका व्यवसायलाई असर पुर्‍याएको जनाउँदै देउवाले हालको असर दूरगामी रूपमा पर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘२० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई कम्तीमा ३ महिनाको पुरै ब्याज मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गर्दछु।’ शुक्रबार निकालिएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।

ठूला व्यवसायीको ऋणको ब्याज घटाउन र किस्ता बुझाउने अवधि तीन महिना सार्न सरकारसँग आग्रह गरेका छन्। साप्ताहिकपछि दैनिक पत्रिका बन्द हुने अवस्था आएकाले सञ्चार माध्यम र पत्रकारको लागि राहत उपलब्ध गराउन देउवाको माग छ।

प्रतिक्रिया दिनुहोस्