पूर्ब राजा भन्छन् – ‘संकटका बेला कायरता नदेखाऔं ’



काठमाडौ १४ चैत्र । पूर्बराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले कोरोना भाइरसको बढ्दो प्रभावले मुलुक नै संकटमा परेका बेला सरकारीमात्र नभएर सम्पुर्ण निजी स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्नु आवश्यक रहेको बताउनु भएको छ।

कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वास्थ्य परीक्षणमा कतिपय नाम चलेका निजी अस्पतालले आनाकानी गरिरहेको समाचार प्रबाहित भइ रहेका बेला सामाजिक संजाल ट्विटरमार्फत पुर्बराजा शाहले सो कुरा बताउनु भएको हो।

वहाँको ट्विटमा बनिएको छ-” कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र सन्चालनमा रहेका सरकारीमात्र नभई सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्छ , संकटका बेला पछि हट्नु , कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ।यो संबेदनशिलतालाइ सरकारले पनि मनन गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्