कोरोना भाइरस अमेरिकी सेनाले फैल्याएको चीनको आरोप



काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला अष्ट्रेलियाका गृहमन्त्रीदेखि फ्रान्सका संस्कृति मन्त्रीसम्म संक्रमित छन् । सङक्रमणको कारण एक लाख ३४ हजार ९०४ जनामा संक्रमण भएको छ भने यसबाट ४ हजार ९८४ जनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको घोषणा गरेको कोरोना भाइरस कोभिड–१९ अमेरिकी सेनाले चीनमा फैल्याएको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ । एजेन्सीहरुले जनाए अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा को कारक अमेरिकी सेना भएको बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका छन् । शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए । यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।
चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् । गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।
कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक हतियारको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् । चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।
अहिले अमेरिका कोभिड–१९ रोक्न संघर्ष गरिरहेको छ । लामो समयदेखिका दुई प्रतिस्पर्धीको रुपमा रहेका चीन र अमेरिकाले एक अर्काको आलोचना गर्दै आएका छन् । चिनियाँ स्थानीय सञ्चारमाध्यमले अमेरिकाले शुरुमा कोभिड–१९ विरुद्ध लड्न सहयोग नगरेको, पछि यसलाई चीनविरुद्ध हल्ला फैलाउन सहयोग गरेको र अहिले आफैंले पनि यसलाई रोक्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । चिनियाँ कूटनीतिक अधिकारीले पछिल्लो समय चीनले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदमको बचाउ गर्दै आएका छन् ।
कुल संक्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्