रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्। मिनेन्द्र रिजालले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी दिएकी हुन्।