संसद विघटन: आज सभामुखका वकिलले बहस सकेपछि निवेदकले जवाफ दिने
काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने छन्।