प्रबासी नेपाली एकता मन्च अष्ट्रेलिया प्रधानमन्त्री ओलीको पक्षमा



सिड्नी,अस्ट्रेलिया ।प्रबासी नेपाली एकता मन्च अष्ट्रेलियाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटन संबिधानसम्मत रहेको जनाउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को सरकारी अभियानलाई यथासक्य सहयोग गर्ने जनाएको छ।

सिड्नीको रकडेलस्थित इन्द्रेणि फङ्सन् सेन्टरमा आयोजित कार्यकर्ता भेलामा बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष रमेश पाण्डेले मञ्च सो जानकारी दिनुभएको हो।वहाँले प्रधानमन्त्री ओली बिकासप्रेमी भएका कारण पनि वहाँलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। ।

कार्यक्रमलाई भर्चुअल जुममार्फत प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै नेकपा स्थायी समिती सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको कदम सहि रहेको भन्दै
समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्नका लागि सबै नेपालीहरुले प्रधानमन्त्रीले चालेको कदमलाई स्वदेश तथा बिदेशमा रहेका सबै नेपालीहरुले सहयोग गर्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको केन्द्रीय सचिवालय, सचिव, प्रवक्ता, इन्चार्ज र थप गरिएका केन्द्रीय सदस्यका साथै न्यू साउथ वेल्स राज्य कमिटीको घोषणा पनि गरिएको थियो। घोषित सम्पूर्ण कमिटीका सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो।

भेलामा गैह्र आवसीय नेपाली संघको अष्ट्रेलिया न्यू साउथ वेल्स कोर्डिनेटर देव गुरुङ,गैरआवासीय नेपाली संघ ओसियाना कोर्डिनेटर होम पाण्डे, प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका सल्लाहकारहरु भवानी ओली र विनोद श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तब्य प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड्काले गर्नुभएको थियो ।

भेलामा घोषणा गरिए अनुसार प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शिशिर नेपाल र प्रवक्तामा केन्द्रीय सदस्य सन्तोष दाहाल ले पाउनुभएको छ भने केन्द्रीय सदस्यहरु केशव जोशी, राम राणाभट, राजु उपाध्याय र चिनबहादुर नेपालीले क्रमशः ACT/NAW ,VIC/TAS, SA/WA , QLD को इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ३३ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको जनाएको छ ।जसअनुसार केन्द्रीय सचिवालय सदस्यहरुमा रमेश पाण्डे, राम रानाभाट,केशव जोशी, सन्तोष दाहाल, शिशिर नेपाल, दिपक पहारी,भुवन पाण्डे, राजु उपाध्याय, बिएन मन्डल, प्रकाश पन्थी, रामप्रसाद घिमिरे, मान्डब कार्की, टिएन अर्याल, गोमा मैनाली, बालगोपाल उपाध्याय, रमेश थापा, चिन नेपाली,उत्तम अधिकारी, हेम खनाल, दिनेश भट्टराई,धिरेन्द्र मल्ल,होमनाथ निरौला, सिता केसी थापा , अरुण श्रेष्ठ,कृष्ण गैरे र कृष्ण सापकोटा रहनुभएको छ भने थप गरिएका केन्द्रिय सदस्यहरुमा उद्देश राइ, चन्डिका ओली, ओडरी मदन गोर्खाली, गणेश मल्ल ठकुरी, सुशिल पोखरेल र दिनेश पाण्डे रहनुभएको मन्चले जनाएको छ।

त्यस्तै , भेलामा न्यू साउथ वेल्स राज्य कमिटी घोषणा गरिएको छ।कमिटीको संयोजकमा कृष्ण सापकोटा ,उप-संयोजकमा सिताराम घिमिरे, सचिवमा शिव पौडेल रहनुभएको छ भने क्षेत्रीय संयोजकहरुकोको रुपमा दिबाकर काफ्ले,कृष्ण गैरे ,नबिर नेम्वाङ, कृष्ण निरौला,दिपक पहाडी, विशाल रानामगर ,अर्जुन पौडेल, प्रशान्त भण्डारी, प्रेम दाहाल रहनुभएको छ। सदस्यहरुमा सुरेन्द्र न्यौपाने,किशोर लामा, सपना पोखरेल, नबिन कडेल, अर्जुन धिताल,दीपक अधिकारी, प्रकाश पौडेल, नबिन प्रसाइ, विश्वजीत अधिकारी ,विकास उप्रेती, अन्जन सोनी सुनार ,सन्तोष तिवारी मोहन भण्डारी, अशिश बराल, हरी भट्टराई ,अशोक उप्रेती, सुमन ओली, रमेश अधिकारी, जनक पाण्डे, डाक्टर पर बहादुर पुन, दिर्गजङ तामाङ, सुशील पौडेल, प्रशन्न दाहाल, विश्व सुवेदी,अर्जुन गैरे सुशिल अर्याल, रवी श्रेष्ठ ,सरोज सुबेदी ,दिपक ओझा ,ॠषि सापकोटा,तारा गुरुङ ,जय थापा ससाङ् बस्याल , सन्जीव न्यौपाने, नमराज लामा रहनुभएको छ ।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीको सभापतितित्वमा सम्पन्न कार्यक्रमको सन्चालन मंचका प्रवक्ता सन्तोष दाहाल र सञ्चालनमा सहयोगी भूमिका केन्द्रीय सदस्य दिवाकर काफ्लेले गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभापति जोशिले आफुले अहिलेसम्म प्रधानमन्त्री ओली जस्तो आँटिलो विद्वान र प्रतिबद्द नेपाली प्रधानमन्त्री अरु नदेखेको बताउदै ओलिले चालेको कदम प्रतिगमन नभइ प्रगतिगमन भएको धारणा राख्नुभयो। कार्यक्रममा नवनियुक्त सचिव शिशिर नेपाल र एनएस डब्लु संयोजकमा कृष्ण सापकोटाले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्