विनयलाई खोज्दै प्रहरी

काठमाडौँ,२ फाल्गुन । वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरले विनयजङ बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन्।

उनले काठमाडौँ प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन्। काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले सपनाले जाहेरी दिएको र अदालतबाट पक्राउ पुर्जी लिएर बस्नेतलाई पक्राउ गरिने जानकारी दिए।
बस्नेतले आफुसँग सपनाको अश्लिल फोटो/भिडियो रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए। कुनै समय विनय र सपना वेवारिस शव व्यवस्थापनमा सँगै काम गर्थे। विभिन्न अन्तर्रवार्ताहरुमा विनयले सपनालाई आफुले छोरी सरह व्यवहार गर्ने गरेको बताउने गरेका थिए।

