खुम्बुमा ठमिछो रक एन्ड आइस क्लम्बिङ तालिम सुरु,गगन थापाले गरे उद्घाटन
लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु, १२ माघ। जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं ५ ठमिछोमा पहिलो पटक रक एन्ड आइस क्लम्बिङ तालिम सुरुभएको छ।

विश्व प्रख्यात आरोहीहरुको जन्मस्थल ठमिछो छेत्रमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले सुरु सो तालिमको सोमबार पूर्ब स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका हुन। सर्बोच्च शिखर सगरमाथा पहिलो पटक आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा र १० औं पटक अक्सिजन बिना सगरमाथा आरोहण गर्ने आङ रिता शेर्पा हिउँ चितुवाको सम्मान तथा सम्झनामा पहिलो पटक आयोजना गरिएको सो तालिम आगामी २६ तारिखमा सम्पन्न हुने बताइएको छ। ३५ जना प्रशिक्षार्थीलाइ नेपाल क्लाइम्बिङ टिमले प्रशिक्षण दिने ठमिछो किडुककाअध्यक्ष मिङमा शेर्पाले रहस्यखबरलाई बताए ।

ठमिछो किडुक र ठमिछो युवा समुहद्वारा आयोजित तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता मिङमार शेर्पा र २४ औ पटक सगरमाथा आरोही कामीरिता शेर्पाले विशेष आतिथ्यता ग्रहण गरेका थिए।
उक्त टोलिले तालिम अबधि भित्र नै ठमिछो मा ६ वटा रक कलाम्बिङ रुट खोल्ने र प्रत्येक रुटको नामकरण प्रख्यात आरोहीहरुको नामबाट नामाकरण गर्ने ठमिछो युथ समुहका अध्यक्ष पासाङदिकि शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार रुटको नाम क्रमश: तेन्जिङ नोर्गे शेर्पा, रुट आङरिता शेर्पा, रुट आप्पा शेर्पा ,लाक्पारिता शेर्पा, कामिरिता शेर्पा र पेम्बाडोमा शेर्पा रुट राखिने छ।

