जनकपुरमा पूर्बराजाको भब्य स्वागत
जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गर्नुभएको हो ।

सो क्रममा मन्दिरमा उहालाई हजारौं समर्थकहरुले स्वागत गरेका थिए । पूर्व राजा तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम आइपुग्नु भएको हो । उनी हिजो (शुक्रवार) जनकपुरधाम पुगेका थिए ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रवार जनकपुर पुगेका उनी साँझ गंगासागरमा दैनिक आयोजना हुने महागंगा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह र छोरी पनि सँगै जनकपुर पुगेका थिए ।

