प्रधानमन्त्री ओलीले जनमतमाथि लात मारेको पूर्बमन्त्री केसीको आरोप



केदार बस्नेत

सोलुखुम्बु , ११ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पूर्बमन्त्री बलबहादुर केसीले संबिधानसभाबाट जारी संबिधान बचाउन नसके देश चुर्लुम्मै डुब्ने बताएका छन।

प्रधानमन्त्री केपी ओलीले जनताको मतलाई लात हान्दै संबिधान ध्वस्त गर्ने अभियानमा लागेको आरोप लगाउंदै केसीले जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको वडा नं ५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केसीले सो कुरा बताएका हुन। कम्युनिस्टहरु आफ्नै कारणले तालुदेखी पैतालासम्म चिरिएको बताउंदै उनले यतिबेला जनताले अभूतपूर्व दुख पाएको दावी पनि गरे।

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार बस्नेत, महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की, जिल्ला सहसचिव कुशराज राई,जिल्ला किसान संघ अध्यक्ष हुतराज बस्नेत नेपाल तरुण दलका अध्यक्ष अशोक झा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति आश्विनबाबू थापा लगायतका नेताहरुले सम्बोधन गरेको सोलु काठमाडौ सम्पर्क समितिका कोषाध्यक्ष नवीन कार्कीले जानकारी दिए।

कार्यक्रम ३ वटा वुथ स्तरीय समिति गठन गरिएको छ।जसमा शुन्दर झर्ना(धकमलुङ) वुथ स्तरीय टोल समितिको संयोजकमा ५ नम्बर वडा काँकुका कार्यबाहक वडाध्याक्ष जस बहादुर राई सहसंयोजक उत्तर तामाङ यस्तै सिंहदेवी आवी मुरलको संयोजकमा श्याम तामाङ सहसंयोजक छेवाङ शेर्पा र देवीस्थान आवीको वुथ समितिको संयोजकमा भै बहादुर राई र सहसंयोजकमा मुगाधन राई रहनु भएको नेपाली कांग्रेस माप्य दुधकोशी गाउँपालिकाका नेता राम मगरले जानकारी दिनुभयो।

कार्यक्रम काँकुका सभापति लाल सिङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्