चुनाब भए नेपालमा कम्युनिस्टहरु यसै पटक पत्तासाफ हुन्छन् : पूर्बमन्त्री केसी



केदार बस्नेत

सोलुखुम्बु, ९ माघ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले नेकपाको गतिविधि कारण मुलुक राजनीतिक अस्थिरता र बर्बादीको दलदलमा भासिंदै गएको आरोप लगाएका छन।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ र २ बिहिवार सम्पन्न छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै केसीले सो आरोप लगाएका हुन।उनले संसद विघटन सम्बन्धि मुद्दामा सर्बोच्चले गरेको फैसला कांग्रेसका लागी स्वीकार्य हुने बताउंदै भने – ‘विघटन सदर भए निर्बाचनमा जान्छौं, पुनर्स्थापना भए पनि आपत्ति छैन।’ विषम परिस्थितिमा अदालतले गरेको निर्णयलाई स्वीकार गर्दै अघि बढ्नुको विकल्प नरहेको केसीको भनाइ थियो। उनले अदालतले विघटन सदर गरेर मुलुक निर्बाचनमा गए यसै निर्बाचनमा कम्युनिस्टहरु नेपालबाट पत्तासाफ हुने दावी पनि गरे।

नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार मुलुकका ६ हजार ७ सय ४३ वटै वडामा कार्यक्रम सप्पन्न भएको हो।वडा नम्बर १ नेलेको कार्यक्रम वडा सभापति भरतबाबु कार्की र वडा नं २ काँगेलको कार्यक्रम वडा सभापति भिम बहादुर बस्नेतको सभापतित्वमा सप्पन्न भएको नेबिसंघ सोलुखुम्बुका नेता रोहनबाबु बस्नेतले जानकारी दिए।

दुबै कार्यक्रमलाई नेपाली कांग्रेस सोलुखुम्बुका सहमहामन्त्री कुशराज राई, जिल्ला सदस्य कान्तिराज थुलुङ, जिल्ला सदस्य तथा प्रचारप्रसार प्रमुख नवीन थापा, नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सभापति अस्बिनबाबु थापा लगायतका नेताले सम्बोधन गरेका थिए। मुक्ली, नेचा, तिङ्ला, सोताङ लगायतको ठाउँमा असंवैधानिक र अलोकतान्त्रिक संसद विघटन विरुद्ध कांग्रेसले कार्यक्रम गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

मुक्लीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेतले देश संकटमा परेको बताउनु भयो।उहाँले केपी ओली सांढे बनेको आरोप लगाउंदै उनको पतन निश्चित रहेको दावी गरे।

रहस्य साप्ताहिक sent Today at 07:24
Aa

प्रतिक्रिया दिनुहोस्