नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको भेला सम्पन्न



सुर्खेत । दश वर्षीय महान् जनयुद्ध र १९ दिने जन–आन्दोलनको वलमा यो देशलाई गणतन्त्रिक देशमा बदल्ने महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकताको प्रथम भेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित उद्योग वाणिज्य संघको हलमा बृहत उपस्थितिका साथ प्रदेश अध्यक्ष धर्मराज बिडुवालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी (शुशील) को प्रमुख आतिथ्यमा केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकाल महासचिव नरेश शाही (रक्तिम) केन्द्रीय सचिव सिंहराज बि.क.(सृजन) गत पुस २६ गते एकता सम्पन्न भएको पूर्व माओवादी जनमुक्ति नेपाल पार्टीका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष लोकराज जैशी, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष जनक कामी (सागर) केन्द्रीय नेताहरू धुर्व संज्याल,शुकेलाल बर्मा,भागिराम चौधरी (बिक्रम ), प्रकाश चन्द तिवारि, कमला धामी, शनेसनाथ योगी (जटिल) जयबहादुर सिंह,सहिद परिवार पवित्रा शर्मा ,जनयुद्धका धाईते गोबिन्दनाथ योगी (गोपाल).. प्रदेश ५ अन्तर्गत बाँके जिल्ला सचिव राजेन्द्र सिंह गुडिया, बर्दिया जिल्ला सचिव मन्जित थारु, सुरेश बोगटी लगायत अतिथि हरुको भव्य उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।

भेलामा उपस्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय नेताहरुले सम्बोधन गर्नु भएको थियोे । सुर्खेत उधोग वाणिज्य संघको हलमा नेता कार्यकर्ताको बृहत उपस्थिति रहेको थियो करिव पाँच सयको क्षमताको हल खचाखची भरिएर बस्ने ठाउँ पनि साँधुरो देखिन्थ्यो सो भेला लाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी (सुसिल) ले सम्बोधनको क्रममा “संसदीय ब्यावस्था पुर्ण रुपमा असफल भैसकेको र त्यसको बिकल्पमा अब बृहत राजनीतिक जन–परामर्श सम्मेलनको आयोजना गरेर सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरिनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।

संविधानको पुनर्लेखन गरी देशलाई समाजवादी गणतन्त्र मा लैजानुपर्ने धारण आफ्नो पार्टीको रहेको बताउनुभयो । अब हाम्रा मागलाई ब्यवस्था गरेमा महान् जनविद्रोहको माध्यमबाट प्रतिक्रियावादी दलाल नोकरशाही हरुलाई बढारेर देशमा आमुल परिवर्तन ल्याउने जसको नेतृत्व हाम्रो पार्टी (माओवादी केन्द्र) ले गर्ने धारणा राख्नुभएको थियो ।

टुटफुट र विभाजन को क्रमभंग गर्दै हाम्रो पार्टी ले माओवादी जनमुक्ति पार्टी नेपाल र नेकपा संयुक्त (क्रान्तिकारी) सँग पहिलो ध्रुवीकरणस्वरुप एकता गरेको बताउनुभयो ।वर्ग संघर्ष र वल प्रयोगको सिद्धान्तबाट सर्वहारा वर्गको अधिनायकत्वमा जनताको राज्यसत्ताको स्थापनाको आन्दोलन गर्ने र दलाल सत्ताका संचालक नोकर हरुलाई चेतावनी दिदै आफ्नो सारगर्भित भनाइ राख्नुभएको थियो भने उक्त भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रंगनाथ,ढकाल महासचिव नरेश शाही, सचिव सिंहराज वि.क., प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष लोकराज जैशी,नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष जनक कामी( सागर ), प्रदेश नम्बर ७ को अध्यक्ष धुर्व संज्याल प्रदेश नम्बर ५ का सचिव भागिराम चौधरी लगायतका केन्द्रीय नेता हरुले सम्बोधन गर्दै अबको वैकल्पिक शक्ति नेकपा( माओवादी केन्द्र ) हुने दावी गरेका थियो भने सो कार्यक्रममा टेकमल दर्जीको स्वागत मन्तव्य र संचालन कृष्ण बोहराले गरेको थियो ।

भेलाले धर्मराज बिडुवाल को अध्यक्षतामा १५१ जनाको कर्णाली प्रदेश समिति निर्वाचित गरेको भेला पश्चात मंगलगढी चोकमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्