खड्ग ओलिको खड्गले संविधान काटेको अशोक राईको आरोप

धरान / जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपि ओलिको पूरा नाम खड्ग ओलि खड्ग भनेको तरवार त्यही खडले संविधान काटेको बताए।

वरिष्ठ नेता अशोक राईले केपि ओलिको शनिबार असंवैधानिक कदम विरुद्ध आयोजित धरानमा भएको बिरोध सभामा यस्तो भनेका हुन।केपि ओलिले नाम अनुसारको काम गरेको आरोप लगाए। नेता राईले प्रधानमन्त्री केपि ओलिले असाधारण काम गरेकोमा गर्व गरेको भन्दै वास्तबमै असाधारण काम गरेको बताए।संविधानमा नभको काम संसद विघटन गरेर असाधारण काम गरेको बताए।अम्निसंग मिलेर भ्रष्टाचार गरेको,वाईडबडी जस्ता काण्डमा छानबिन ढाकछोप गरेर असाधारण गरेको बताए।यतिबेला नेपाली जनतालाई कोरोनाको भ्याक्सिन आवस्यक भएको भन्दै तर केपि ओलि चुनाबको कुरामा लागेर काम कुरा एकातिर केपि ओलि चुनाब तिर भनेर ब्यंग्य गरे।उनले भ्रष्टाचारीलाई पोथिले चल्ला कोरले जस्तै कोरलेको आरोप लगाए।छ महिनामा बिकास बजेट पचास प्रतिशत खर्च हुनुपर्नेमा तेह्र प्रतिशत मात्र गरेर असाधारण काम गरेकै बताए।संविधान मिचेर लोकतन्त्रमाथी धावा बोलेको बताए।पाँच वर्षको लागि दिएको बहुमत दुई वर्ष अगाडि चुनाव सारेर माग्ने दुईतिहाईको बहुमत केको लागि भनेर प्रश्न गरे।केपि ओलिले आफू चौसट्ठी प्रतिशतले चुनेको प्रधानमन्त्री भएकोमा गर्व गर्नेले चौसट्ठी प्रतिशातले बनाएको प्रधानमन्त्रीले संसद भंग गर्न नपाउने प्रावधान रहेको बताए।उनले केपि ओलि अरुको इशारामा संसद भंग गरेको आरोप लगाए। अन्य राजनीतिक दल चुनाबमा जाने कुराको बिरोध गर्दै सर्वोच्चको फैसलाले सदर गरे चुनाब जानखोज्नेहरु बच्चालाई दशै लागेको जस्तो भएको भन्दै सचेत गराए।प्रचण्ड माधबले छातिमा हामी यहाँ छौ लेखेर सडकमा बसेको प्रति माया लागेर आएको भन्दै जे हुनु थियो त्यहि भएको बताए।२०७४ सालमा धरानको आमसभामा एमाले माओवादी पार्टी एकीकरण बारे कोदो र तोरिको मिश्रण जस्तै हो केपि ओलिको संगत आफुले ३५/४० वर्षको भएको भनेर तेतिबेलै भनेको बताउदै आखिर परिणाम त्यही देखिएको बताए।

केन्द्रिय कार्यकारिणी सदस्य युबराज कार्कीले गणतन्त्र धर्म निरपेक्ष समाबेसी संघीयता बिरोधि केपी ओलि भएको आरोप लगाए।काम गर्न नदिएको भन्ने ओलिले कुन चही बिधेयक रोकिए त भनेर प्रश्न गरे। काम गर्न नदिएको भन्ने कुरा गलत भएको भन्दै अम्नि जस्तासंग मिलेर भ्रष्टाचार गरेको आरोप लगाए।केपि ओलि एकल जातिय प्रभुत्व जमाउन चाहेको आरोप लगाए।कार्किले ओलि बिद्या तन्त्र लागू गर्न खोजेको आरोप लगाए। सदस्य कार्किले न्यायलयमा बिश्वास भए पनि त्यो अवस्था नभएको बताए। उनले न्यायलयले संसद पुनर्स्थापना नगरे नेपाली जनताले पुनर्स्थापना गर्ने बताए। उनले काङ्ग्रेस राप्रपा पदको लोभमा अलोकतान्त्रिक कदमको पछि नलाग्न चेतावनी दिए।अर्का सदस्य परशुराम खापुङले भएको अधिकार रक्षा गर्दै संविधान संशोधन गरिने भन्दै नसच्चिए केपि ओलिलाई घोक्रेठ्याक लगाउने बताए।
केन्द्रिय कार्यकारिनी सदस्य रकम चेम्जोङले संविधानको धारामा नभएको प्रावधान प्रयोग गरि संसद विघटन गरेको आरोप लगाए।चेम्जोङले केपि ओलि देशी बिदेशिले उचालेको भरमा लागिपरेको आरोप लगाए।देशिबिदेशी देशमा अस्थिर ल्याउन चलखेल गरिरहेको आरोप लगाए।उनले यो संविधान पुर्ण रुपमा स्वीकार नगरेको अवस्था भए पनि विधि तथा कानुन सम्मत अनुसार संशोधन गर्न चाहेको बताए।संघीयता पहिचानको आधारमा हुने भन्दै हालको सात प्रदेश पहिचानको आधारमा नभएको स्पष्ट पारे।संख्याको कुरा ठूलो नभएको भन्दै संघीयता निर्माणका आधारमा हुने बताए।जसका लागि जनता समाजवादी बैज्ञानिक संघीयता लिम्बुवान किरात तामसालिङ मधेस चाहेको बताए ।उनले यो संविधान समाबेसी नभएको भन्दै तेह्र प्रतिशत दलित र आदिवासी जनजाति महिला कुनै पनि तहमा जातिय आधारमा समाबेसी नभएको बताए।चेम्जोङले जातिय संख्याको आधारमा सबै तहमा समानुपातिक समाबेसी हुनुपर्ने भन्दै यो जातिय कुरा नभै न्यायिक कुरा भएको स्पष्ट पारे।
सभामा कार्यकारिणी सदस्य परशुराम बस्नेतले केपि ओलिले संविधानको धारा ७६ अनुसार संसद विघटन असंवैधानिक भएको बताए। केपि ओलिले यो संविधान अनुसार संसद विघटन नगरी २०४७ सालको संविधान सोचेर विघटन गरेको बताए ।जनता समाजवादी प्रदेश १ का सांसद जयराम यादबले केपि ओलिले प्रतिनिधि सभा विघटन गरे पनि जनता समाजवादी पार्टीको तीन जना सांसद नै काफी भएको बताउदै प्रदेश विघटन गर्न नदिने र नसक्ने हिम्मत सभामा प्रस्तुत गरे।
सभामा केन्द्रिय सदस्य पदम अधिकारी स्वागत भाषण गरेका थिए भने बिरोध सभा गर्नु अघि धरान उपमहानगर समिति कार्यालयमा वरिष्ठ नेता अशोक राई रकम चेम्जोङ लगायतले झन्डोत्तलन गरेका थिए।

