चौबीस घण्टामा २४० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४७७ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५८ छ ।
पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।
मन्त्रालयका अनुसार ४ हजार ५८ जना आइसोलेसनमा छन् । २३१ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ८ हजार ९९४ पीसीआर परीक्षण गरिएको छ ।

