चेतना विस्तार युवा परिवारको छैटौं साधारण सभा १८ औं बार्षिकोत्सव सम्पन्न
खगिन्द्र राज बास्तोला,७ चैत । चेतना विस्तार युवा परिवारद्वारा आयोजित छैटौं साधारण सभा तथा १८ औं बार्षिक उत्सव सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा आइतबार सम्पन्न साधारण सभाले बास्तोलाकै अध्यक्षतामा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा बेद नाथ बास्तोला,सचिबमा सुजन शर्मा
सहसचिवमा जेबि राई,कोषाध्यक्षमा सीता फुयाल र सदस्यहरुमा प्रकाश बाबू बास्तोला,सोम प्रसाद कटेल,प्रेम कुमारी बिक,ख्याम भट्टराई निर्बाचित भएका छन् ।
साधारण सभामा नेचासल्यान गाउँपालिका ४ का वडा सदस्य विष्णुप्रसाद बास्तोलाको विशेष उपस्तिथि,नेपाल राहत शिक्षक जिल्ला समिति अध्यक्ष खगिन्द्रराज बास्तोला,चेतना विस्तार पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष छवि बास्तोला,चेतना विस्तार युवा परिवारका आजीवन सदस्य ओमप्रसाद बास्तोला,साहित्य कला विभाग प्रमुख युवराज कटेल युराक, नेपाल रेडक्रस सोसाइटी उपशाखा अध्यक्ष आङडिकी शेर्पा लगायतको उपस्थितमा थियोे ।
सोही कार्यक्रममा पुस्तकालयद्वारा प्रकाशित भित्तेपात्रो समेत सार्बजनिक गरिएको थियो।

