पत्रकार महासंघद्वारा १६ बुँदे माग राखेर सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासंघ काठमाडौँले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ ।

शाखाका अध्यक्ष शन्तराम बिंडारीको नेतृत्वमा पत्रकारले सिंहदरबारमा मन्त्री गुरुङलाई भेटी कोभिडपछि पत्रकारिता क्षेत्रमा आएको चुनौती, ससाना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई संरक्षण, उपचार कोष वृद्धि, सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई स्थायी हुनका लागि लिइने सेवा आयोगका परीक्षामा उमेर हद लगाउन नहुनेलगायत माग गरेका छन् ।

