२४ घण्टामा थप ४०३ जनामा कोरोना पुष्टि



काठमाडौं, २० पुस । बितेको २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा पुरुष २४४ र महिला १५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अवधिमा ५९४ संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हाल देशभर ५ हजार २८९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ र निको हुनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ। यस्तै मृतकको कुल संख्या १८८५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्