विद्यालय खोल्ने एमसीसीको निर्णय

काठमाडौं, १९ पौष । कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत १५ गतेबाट बन्द रहेका देशभरका विद्यालय अब भने खुल्ने भएका छन।कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति एमसीसीको आइतबार बसेको बैठकले विद्यालय खुलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार हाललाई विद्यालय, फिल्म हल, जिमखानालगायत खुल्ला गर्न मन्त्रिपरिषदेमा प्रस्ताव पठाउने निर्णय भएको बताए । तर, आवश्यक परेमा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी बन्न गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिइनेछ ।

