नेकपा : ओली पक्षीय सांसद बालुवाटार र प्रचण्ड पक्षको भेला संसदको लोह्त्से हलमा हुंदै



काठमाडौँ,६ पुस। आकस्मिक रुपमा संसद विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आफू निकट सबै नेकपाका पूर्व सांसदहरुलाई बालुवाटार बोलाएका छन्। उता नेकपा स्थायी समितिको बैठकअनुसार नेकपाका सांसदहरुलाई भने संसदको ल्होत्से हलमा आउन निर्देशन गरिएको छ। नेकपाका १७४ मध्ये ९० जना सांसदहरु प्रस्ट रुपमा ओलीबिरुद्ध देखिएका छन्। आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

आफ्नो आगामी रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट पूर्वसांसदहरुलाई बालुवाटार बोलाएका हुन्। सांसद निरुदेवी पालका अनुसार प्रधानमन्त्री ओलीको निमन्त्रणामा उनीनिकट नेकपा सांसदहरु सोमबार बिहान बालुवाटारमा भेला हुनेछन्। उता संसदको ल्होत्से हलमा ओलीविरोधी खेमाका सांसदहरुले ओलीबिरुद्ध आगामी रणनीतिहरुबारे छलफल गर्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्