मुलुकलाई अस्थीरततार्फ धकेल्ने कार्य स्वकिार्य नहुने कांग्रेसको चेतावनी



काठमाण्डौ,५ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको प्रस्तावलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ,’ उनले भनेका छन् ।

उनले नेकपाभित्रको द्वन्द्वलाई लिएर मुलुकलाई अस्थीरततार्फ धकेल्ने कार्य स्वकिार्य नहुने चेतावनी दिएका छन् । प्रवक्ता शर्माले जनता कोरोना भाइरसको पीडामा रहेको अवस्थामा सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको बताएका छन् ।

‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ,’ उनले भनेका छन्, ‘संसद विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको छ । त्यसलाई कुनै पनि हालतमा असफल तुल्याइनेछ ।’

प्रतिक्रिया दिनुहोस्