प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस



काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।

यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए । नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको बुझिएको छ ।

त्यसका लागि ओलीले संसद विघटन, मध्यवधि निर्वाचन र संकटकाल लगायतका विकल्पमा आफूनिकटका नेताहरुसँग परामर्श गरेको ती नेताले बताएका छन् । सोही उद्देश्यअनुरुप ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत हाइअर्लट बस्न निर्देशन गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्