आठौं महाधिवेशनदेखि नै किरातीमा सैद्धान्तिक विचलन शुरुः अरुण घिसिङ



काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव अरुण घिसिङले पार्टीका पूर्व अध्यक्ष गोपाल किरातीमा पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत दस्तावेजदेखि नै त्रुटि भएको विषय औंल्याउदै सैद्धान्तिक रुपमा त्यहाँबाट किरातीमा विचलन शुरु भई विपश्यनामा पुगेर सिद्धान्तमा पूर्णविराम लागेको आरोप लगाउनु भयो ।

पछिल्लोपटक किरातीद्वारा लिखित “महान जनविद्रोहको दर्शन“ मा किरातीको वैचारिक विचलन र राजनैतिक अकर्मण्यता प्रष्ट रुपमा देखिएको भन्दै किरातीले आफूुद्वारा लिखित भनि प्रकाशित “महान जनविद्रोहको दर्शन“ मा पार्टीको दस्तावेजहरु समावेश गरिएकोले केही लेखहरु बाहेक बाँकी पार्टीको सम्पत्ति भएको भन्दै किराती उक्त पुस्तकको लेखक होईन संकलक मात्र भएको जिकिर गर्नु भयो । नेपाल कम्युनिस्ट पार्टी (माओेवादी केन्द्र) नेवाः ताम्सालिङ प्रदेश (वाग्मती प्रदेश) समितिको काठमाडौंको संवाद डबलीमा भएको दोस्रो भेलामा नव निर्वाचित कार्यसमितिहरुको विवरण प्रस्तुत गर्ने क्रममा घिसिङले महान जनयुद्धमा प्रतिक्रान्ति प्रचण्ड देखि शुरु भएर किरातीसम्म आईपुग्दा पार्टीले ठूलै क्षति वेहोर्नु परेकोेमा क्रान्तिमाथि गद्दार गर्नेहरुलाई जतिसुकै जुनसुकै शब्दले गाली गरेपनि क्षम्य नहुने बताउनु भयो ।

पार्टीमा विपश्यना घुसाएकोले किरातीको यो कदम अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टी माथिकै आक्रमण र माओवादी क्रान्तिका लागि आलोक प्रवृत्ति भन्दा पनि खतरनाक भएको बताउनु भयो । भेलामा अरुण घिसिङले प्रकाश दाहालको अध्यक्षतामा ५१ सदस्यीय निर्वाचित प्रदेश समितिको प्यानल प्रस्ताव प्रस्तुत गर्नु भयो । जस अनुसार उपाध्यक्षमा राम प्रसाद मैनाली, धरेन्द्र लामा, सचिवमा योगेश राल्फाली, मिना चन्द, भरत तुलाधर, रमेश थपलिया, सदस्यहरुमा रजत बस्ताकोटी, प्रकाश विष्ट, गणेश गोतामे, राजकुमार विक, सुनिता दुलाल, आकाश गजुरेल, सुकमान तामाङ, लक्ष्मण तामाङ, कुवेर वर्मा, रिता दुलाल, पुुष्कर खड्का, आशाजित गोले, विजय सिं लामा, अजय नक्कल, कैलाश कार्की र पदम कुँवर लगायत रहेका छन् ।

पार्टीका वरिष्ठ नेता तिलक थापा मगरले संवोधन गर्नु भएको उक्त भेलामा अन्य ६ दलका प्रतिनिधिहरुले कार्यक्रम सफलताको बधाई साथै निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी सुशीलले सिंगोे माओवादी जनयुद्धमा माओवादी बाहेक अरु कसैको हिस्सा र शेयर नलाग्ने बताउनु हुँदै कम्युनिस्ट भन्नेहरुमा सत्ता बाहिर हुँदा क्रान्तिकारी बन्ने र सत्तामा पुगेपछि नव उदारवादी हुने काम प्रचण्डदेखि शुरु भएको बताउनु भयो ।

त्यसैले प्रचण्ड एमालेमा सति जाने काम भयो । आज प्रचण्ड एमालेको अगाडि नङ र दाह्रा नभएको बाघ भएर बसेको बताउनु भयो । कार्यक्रम प्रकाश दाहालकोअध्यक्षतामा भएको थियो भने कार्यक्रम निवर्तमान सचिव कपिल सिजापतीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्