सांसद राई भन्छन,- ‘टोल टोलमा गुणस्तरीय सडक पुर्याउने अभियानमा छौँ’

सोलुखुम्बु , ३ पुस । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एबम सांसद हेम कुमार राई ‘सुरबीर’ ले सोलुखुम्बु जिल्लाको हरेक बस्ती बस्तीमा गुणस्तरीय सडक निर्माण गर्न आफुहरु सक्रियतापुर्बक लागिरहेको बताउनुभएको छ। थुलुङदुधकोशी गाउँपालिका ९ छिवादेखि हुंगा जोड्ने सडकको शिलान्यास गर्दै सांसद राइले सो कुरा बताउनु भएको हो।वहाँले लामो समय शासनसत्ता हातमा लिएकाहरुकाले गर्न नसकेको काम आफुहरुले तीन बर्षमै सम्पन्न गरेको दावी गर्दै दुधकोशी नदीमा मात्रै ६ वटा पक्की मोटरेवल पुल निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

प्रदेश सांसद उत्तम कुमार बस्नेतले स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त प्रयासमा नागरिकको समस्या समाधान गर्ने आफुहरु केन्द्रित रहेको बताउँदै नागरिकको सहयोग र जनप्रतिनिधिको प्रयासपछि सोलुखुम्बुमा बिकासले गति लिएको धारणा राख्नुभएको थियो।
जोरबौद्धमा आयोजित सो कार्यक्रममा थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले गाउँपालिका भित्रका नागरिकलाई सहज सेवा प्रदान गर्ने उदेश्यले नौ वटै वडालाई केन्द्र सम्म जोड्ने छोटो दुरीको सडक निर्माण गरिएको बताउँनुभयो । उहाँले स्थानीय नागरिकको चाहाना र आवश्यकतालाई ध्यानमा राखेर आफुहरुले काम गरिरहेको भन्दै कोशी पारीका तीन वटा वडालाई जोड्ने दुधकोशी नदिमा पुल निर्माणको कामले तिब्रता पाउने बताउनुभयो ।
थुलुङदुधकोशी गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ९ का वडाध्यक्ष भुपाल सिं राईका अनुसार सडक डिभिजन कार्यालय हर्कपुरको रु.३ करोड बाट उक्त सडकको ट्रयाक ओपन गर्न लागिएको हो । जसको लागि रादुर निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेको उहाँको भनाई छ ।

