नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारका विरुद्ध विरोध जुलुस

काठमाडौं,३ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारका विरुद्ध २२ दलले विगतदेखि जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिंदैे आज माइतीघर मण्डलाबाट विरोध र्याली निकाल्योे । देशमा व्याप्त जनघाती, राष्ट्रघाती, महङ्गी(भ्रष्टाचार, हत्या हिंसा, बढ्दो बलात्कारका घटना, किसानमारा नीति लगायतका मुद्दालाई बढवा दिंदै नेकपाका ओली सरकार जनताबाट व्यापक रुपमा बहिष्कृत हुँदै गएकोले सरकारको विरुद्धमा २२ दल अहिले सडक आन्दोलनमा आन्दोलनरत छन् । यसै क्रममा आजको विरोध कार्यक्रम माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई एक्यवद्धता जनाउँदै मनइतीघर मण्डलाबट शुरु भएको थियो । आन्दोलनमा २२ दलका नेताकार्यकर्ता, समर्थक र हजारौं जनसमर्थकहरुको बिशाल सहभागीता रहेको थियो ।

माइतीघर मण्डलाबाट शुरु भएको बिशाल जुलुस भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर, कालापानी हाम्रो हो, अध्यादेश खारेज गर, हत्याहिंसा(बलात्कारीलाई कारबाही गर, भारतीय सेना कालापानी छोड लगायतका प्लेकार्ड सहित नारा लगाउँदै अगाडि बढ्यो । विशाल विरोध जुलुस नयाँ बानेश्वरमा पुगि विरोध सभामा परिणत भयो । विरोध सभालाई संवोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व सभासद कर्णजित बुढाथोकीले यो ओली सरकारको जनघाती, राष्ट्रघाती कदमका विरुद्ध अब आगो बनेर बल्दैछौं हामीले आगो बनेर बल्दा आगोको लप्का सहन ओली सरकार तयार रहन चेतावनी समेत दिनुभयो । संबोधनकै क्रममा अध्यक्ष कर्णजितले अहिले विश्व कोभिड(१९ महामारीबाट आक्रान्त छ । महामारी विगतमा पनि आएको थियोे आज पनि आयो भोली पनि आउने वाला छ ।
तर यो नेकपा सरकार महामारीको विषम परिस्थितिमा राज्यको दायित्वबाट पन्छिएको, आज अन्तर्राष्ट्रिय एकताको आवश्यकता बढेको र सामुदायिक एकताको अभाव रहेकोले यही आन्दोलनको आँधीसँगै यि सबै चिजको नेतृत्व अब नेकपा (माओवादी केन्द्र) ले गर्छ २२ दलले गर्नेछ भन्दै आजको आन्दोलनलाई एक्यवद्धता जनाउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई अपिल गर्नु भयो । हजारौं शहिदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा हिजोका संघीय विरोधी, गणतन्त्र विरोध केपी ओली आफ्ना कारणले बहुमत आएकोे भन्दै बहुमतको दम्भ देखाउँदै गणतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाउनु भयो । संबोधनकै क्रममा ओली सरकारको कमजोरीमा कारण राजतन्त्रवादी शक्ति सल्बलाउन थालेको छ तर हिन्दुराज्य र राजतन्त्र भनेको मध्ययुगीन नारा भएकोले नेपालबाट असफल सिद्ध भैसकेको व्यवस्था ल्याउने दिवा स्वप्न नदेख्न चेतावनी दिनु भयो ।
अध्यक्ष कर्णजितले राष्ट्रघाती एमसिसि सम्झौता अविलम्ब खारेजको साथै विप्लव माओवादी माथि लगाएको प्रतिबन्ध यथाशीघ्र हटाउन जोडदार माग गर्नुभयो । यसैगरी उक्त विरोधसभालाई संबोधन गर्ने क्रममा वैज्ञानिक समाजवादी पार्टीका तर्फबाट धनकुमारी सुनार, नेकपा (मार्क्सवादी) का तर्फबाट गणेशबहादुर कटुवाल, जन समाजवादी पार्टी, नेपालका तर्फबाट अध्यक्ष सुुवास राज काफ्ले, नेकपाका तर्फबाट लोकराज सुवेदी, नेकपा (माले) का तर्फबाट कृष्ण राना, राष्ट्रिय जनमोर्चा, नेपालका तर्फबाट सभासद दुर्गा पौडेल र नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट सिपी गजुरेलले विशेष संबोधन गर्दै आ( आफ्ना महत्त्वपूर्ण भनाईहरु राख्नु भएको थियो ।
उक्त विरोध जुलुसमा नेकपा (माओवादी केन्द्र), नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल, नेकपा,राष्ट्रिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेपाल, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्शेभिक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसिसि खारेज अभियान, नेपाल, पुष्पलाल अध्ययन,समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च,नेपाल लगायत २२ दलका हजारौं नेताकार्यकर्ता र सर्वसाधारणको विशाल उपस्थिति रहेको थियो ।

