८ वटै स्थानीय तहमा तरुण दलको संगठन विस्तार
सोलुदधकुण्ड नगरपालिकामा छितिज तामाङ, थुलुङदुधकोशी गाउपालिकामा मिलन राई, नेचासल्यान गाउपालिकामा शम्भु कार्की र माप्यदुधकोशी गाउपालिकामा कुमार मगरलाई सम्बन्धित स्थानीय तह हेर्नेगरी जिम्मेवारी दिइएको अध्यक्ष झाले बताए । त्यसैगरी महाकुलुङ गाउपालिकामा तेजाप कुलुङ, सोताङ गाउपालिकामा विमल बस्नेत, खुम्बु पासाङल्हमु गाउपालिकामा छिरिङसोनाम शेर्पा र लिखुपिके गाउपालिकामा केशवकुमार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । स्थानीय तहका अध्यक्षहरुले रिक्त रहेका कार्यसमिति र रिक्त रहेका वडा समितिमा वृहत भेला आयोजना गरी जिल्ला कार्यसमितिको निर्देशनमा अधिवेशनसम्मको लागि कार्यक्रम गर्न समेत अधिकार दिइएको अध्यक्ष झाले बताए ।




