काँग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं,२ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको काँग्रेस ससंदीय दलको कार्यालयले जानकारी दिएको छ ।सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएमाथि छलफल गरिने बुझिएको छ ।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले अध्यादेशका सम्बन्धमा संसदीय दलको छलफलबाट थप रणनीति बनाउने जनाएको थियो । बैठकमा संसद अधिवेशन बैठक बोलाउन सरकारलाई दबाब, सरकार कामको समीक्षा, अध्यादेशको विरोध, जनजीवकको सवालमा सरकारको उदासीनताका विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्