गजल

पुरा होस्, चाहे नहोस् मनमा रहर पाल्नु त पर्यो
बुढासुब्बा मन्दिरमा दुई, चार दियो बाल्नु त पर्यो ।

भाको सम्पत्ति त्यही लालपूर्जा धितो राखेर आँए,
घाम, पानी लाग्दा ओत लाग्ने घर टाल्नु त पर्यो ।
बुढा, बुढी भएका माता, पितालाई पाल्नको लागि,
बगरको त्यो तातो घाममा बालुवा चाल्नु त पर्यो ।
उ मनाङ, मुस्ताङबाट आउँदै गरेको भरिया हो,
भरियालाई शितल नदिने रुखहरु ढाल्नु त पर्यो ।
बिन्ती गर्दागर्दै निस्ठुरीले छोडेर गएपछि के गर्नु,
उनको याद र तस्बिरहरु पानीमा फाल्नु त पर्यो ।
-मुस्कान

