टर्यो नेकपा विभाजनः ओली–दाहाल सहमति

काठमाडौं,१ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चार बुँदे सहमति भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस अघि दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता गर्ने, सरकारले ल्याएको संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेसन बोलाउने प्रस्ताव दर्ता नगर्ने र स्थायी कमिटीको आगामी बैठकमा दुवै अध्यक्षले संयुक्त प्रस्ताव ल्याउने सहमति भएको बताइएको छ ।
चार बुँदे सहमतिपछि प्रधानमन्त्री ओली आजको स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।

