सरकारको कार्यशैलीबिरुद्ध सोलु कांग्रेसले गर्‍यो सल्लेरीमा वृहत प्रदर्शन



केदार वस्नेत
सोलुखुम्बु,२९ मंसिर ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कम्युनिस्ट नेतृत्वको बर्तमान सरकारको गलत रबैयाले देश संकटग्रस्त हुँदै गएको आरोप लगाएका छन।

पार्टी केन्द्रको निर्णय अनुसार सरकारविरुद्ध देशब्यापी प्रदर्शनका क्रममा मंगलबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित बिरोध र्‍यालीलाई सम्बोधन गर्दै केसीले सो आरोप लगाएका हुन।
सरकारकै कारण मुलुकमा बिदेशी चलखेल,भ्रष्टाचार र अत्याचार बढी रहेको भन्दै पूर्बमन्त्रीसमेत रहेका केसीले जनतामाथि नेकपा सरकारले गरेको थिचोमिचो बिरुद्ध कांग्रेस सशक्त ढंगले प्रतिबाद गर्ने चेतावनी दिए।जिल्लामा भएको सडक,हवाई मैदान र सञ्चारमा प्राप्त उपलब्धिको श्रेय कांग्रेसलाई नै जाने केसीको दावी थियो। उनले प्रदेश एक नंम्वर प्रदेशको नाम सगरमाथा राख्नु पर्ने सुझाव पनि दिए।

र्‍यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेस उद्योग व्यपार विभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले सरकारका गलत कामहरूको भण्डाफोर गरेर अगाडि बढ्न ढिला भइ सकेको बताउंदै कांग्रेस एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राखेका थिए।बर्तमान सरकारको अकर्मण्यताका कारण मुलुक अधोगतितर्फ उन्मुख भइ रहेको बताउंदै नेता कार्कीले धरासायी भन्दै गएको मुलुकको अर्थतन्त्रलाइ गति दिन पनि कांग्रेसको सरकार बन्नु आवश्यक रहेको दावी गरे।

कार्यक्रमलाई सोलुदुधकुण्ड नगरपालिका मेयर नामगेल जाङ्बु शेर्पा, आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा,नेपाली कांग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई,नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल, शुभराम बस्नेत सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, नेबिसंघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा,नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतका नेताहरूले सम्बोधन गरेका थिए।बोल्ने अधिकांशले देशमा देहव्यपार र भ्रष्टाचार नेकपा सरकारले चरम रूपमा बडायो भन्ने धारणा राखेका थिए।

सभापतिको आशनबाट बोल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति विनोद कुमार वस्नेतले कम्युनिस्ट सरकारले काम गर्न नसकेको देखेर कांग्रेसमा प्रवेश गर्ने लर्को बढेको बताएका थिए। कम्युनिस्टबाट वाक्क भैयो भन्ने जनताको मत बढेको उनले जिल्लामा भएको विकासको नेतृत्व अझै कांग्रेसले गर्ने बताए ।

पार्टी कार्यलय वसन्तबजारबाट सुरुभएको नाराजुलुस नयाँ बजार- तिनकुने हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो। संघीय लोकतान्त्रिक ,गणतन्त्र नेपाल -जिन्दवाद नेपाली कांग्रेस जिन्दवाद यस्तै सर्वसत्तावादी ओली सरकार- मुर्दावाद तनहुँमा भएको दुर्व्यवहार -अपमान र अत्याचार लगाएतका नारा लगाउँदै सयौं कांग्रेसीहरु उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्