राणाको अध्यक्षतामा एनओसी वुमेन्स एन्ड स्पोर्ट्स कमिसन गठन

काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार ज्योति राणाको अध्यक्षमा वुमेन्स एण्ड स्पोर्ट्स कमिसन गठन गरेको छ। एनओसीले राणाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो।

वुमेन्स एण्ड स्पोटर््स कमिसनमा राणाको यो दोस्रो कार्यकाल हो। वुमेन्स एण्ड स्पोटर््स कमिसनका अध्यक्ष राणलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिए। वुमेन्स एण्ड स्पोटर््स कमिसनको सदस्यमा बिमला पौडेल, हेल्गा राणा रायमाझी, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमा डोल्मा लामा श्रेष्ठ र गीता श्रेष्ठ छन्।
राणाले वुमेन्स एण्ड स्पोटर््स कमिसनले महिला खेलाडीको हित र स्वार्थका लागि आवाज उठाउने बताइन्। उनले महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहार, छाउ प्रथा बारे जनचेतना जगाउने काम वुमेन्स एण्ड स्पोटर््स कमिसनले गर्ने बताइन्।

