१३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।

यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ कास्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्