खुम्बु कांग्रेसले गर्‍यो स्थानीयलाई माक्स बितरण



लाक्पा ग्याल्जेन शेर्पा

सोलुखुम्बु , १४ मंसिर ।नेपाली कांग्रेस खुम्बु पासाङल्हामू गाउँपालिका समितिले कोरोना भाइरस संक्रमणबाट बच्न प्रयोग हुने माक्स बितरण गरेको छ। स्थानीय लाई १ लाख ५० हजार मास्क बितरण गर्ने तयारी गरेको सो पार्टीले हालसम्म गाउंपालिकाको वडा नं २ , ३ र ४ मा गरी १ लाख २० हजार वितरण गरेको जनाएको छ।

नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामू गाउँपालिकाले लुक्लामा आयोजना गरेको चियापान तथा अन्तर्कृयामा नेपाल आदिबासी जनजाति बिभागका केन्द्रीय सदस्य अर्थात खुम्बु काङ्ग्रेसका अभिभावक आङ छिरिङ शेर्पाले कोरोना भाइरसबाट त्रसित जनताको जीबन सुरक्षा गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेसको पनि हो भन्ने उदेश्यले माक्स वितरण गरिएको दाबी गर्नु भयो।

हिंजोसम्म १ लाख २० हजार बितरण गर्‍यौं, अब वडा नम्बर १ मा ३०हजार माक्स वितरण गर्ने योजना छ,-खुम्बु काङ्ग्रेसका प्रबक्ता पासाङ शेर्पाले भने। वडा नम्बर १ का लागी माक्स खरिद गरिसकिएको बताउंदै उनले माक्स काठमाडौंबाट खरिखोला पठाएर जनतालाई वितरण गर्ने कार्यक्रम रहेको प्रबक्ता शेर्पाको भनाइ छ।

माक्स वितरण एक उदाहरणीय कार्य रहेको र उक्त माक्स खरिद गर्न आर्थिक सहयोग गर्नुहुने नेपाल आदिबासी जनजाति बिभागका केन्द्रीय सदस्य अर्थात खुम्बु काङ्ग्रेस अभिभावक आङछिरिङ शेर्पा, जिल्ला कार्य समिति सदस्य चुङ्बा शेर्पा , काङ्ग्रेस युवा नेता सोनामतेन्जिङ शेर्पा , दोर्जी शेर्पा र छिरिङ सोनाम शेर्पालाई गाउपालिका पार्टी सभापति पेम्बा छिरिङ शेर्पाले धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्