सुशील कोइराला सोसलिष्ट युथ सर्कल सोलुखुम्बुको अध्यक्षमा शेर्पा



खगिन्द्र राज बास्तोला

सोलुखुम्बु , २३ कार्तिक । सुशील कोइराला सोसलिष्ट युथ सर्कल सोलुखुम्बुको अध्यक्षमा छिरिङ सोनाम शेर्पा मनोनीत भएका छन।

नेपाल तरुण दल खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष समेत रहेका शेर्पालाई बिहीवार सो पदमा मनोनयन गरिएको केन्द्रीय अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए।

सर्कल नेपाली कांग्रेसका पूर्ब सभापति स्वर्गीय सुशील कोइरालाको नाममा खोलिएको संस्था हो।सोलुखुम्बु अध्यक्षमा मनोनीत शेर्पा पर्यटन ब्यबसायी समेत हुन।

प्रतिक्रिया दिनुहोस्