गाउँपालिका अध्यक्ष राइद्वारा विद्यालय भवन शिलान्यास



केदार वस्नेत

सोलुखुम्बु,२२ कार्तिक । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राइले वडा नम्बर ५ जुवुको दाम्लीमा बन्ने सगरमाथा आधारभूत बिद्यालय भवन शिलान्यास गर्नुभएको छ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश हिङ्ममाङको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राइले अनावश्यक विद्यालय मर्ज गर्ने र आवश्यक विद्यालयहरु प्राथमिकताका साथ सन्चालन गर्ने थुलुङ दुधकोशी जिल्लाको पहिलो गाउँपालिका भएको बताउनुभयो।शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको बताउंदै वहाँले नबनिर्मित विद्यालय व्यवस्थापन गाउँपालिकाले गर्ने जानकारी दिए।

कार्यक्रममा वडा नम्बर ५ जुवुका वडाध्याक्ष प्रेम कुमार राई जनकल्याण माबिका प्रधानाध्यापक कुमार वस्नेत, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक वल वहादुर राई, अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन थुलुङ्ग लगायतले आ-आफ्नो धारणा राखेका थिए।

सो आधारभूत विद्यालय निर्माणका लागि स्थानीय प्रदीप सुन्दास र देउराज सुन्दासले जग्गा उपलब्ध गराएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्