संक्रमितको उपचारका लागी धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं, कात्तिक १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सबै सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार गराउन अघि धरौटी रकम नलिन निर्देशन दिएको छ ।

सरकारी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गराउन धरौटी रकम लिने गरेको सुचनाको विरोध भए पश्चात मन्त्रालयले आइतबार धरौटी रकम नलिन निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी रकम लिने सम्बन्धि सूचना प्रकाशन गरे सबै अस्पतालहरुलाई स्पष्टिकरण सोधिने बताउनुभयो ।

मन्त्रालयले निजी अस्पतालको हकमा भने कुनै निर्णय गरेको छैन् ।

यस्तै मन्त्रालयले होम आइसोलेसनमा बसिरहेका संक्रमितहरुको अवस्था बुझन र हेरविचार गर्न सबै पालिकाहरुलाई निर्देशन दिएको छ ।

अस्पताल रिफर गर्ने देखि संक्रमितहरुको स्वास्थ्य अवस्था बुझने र सल्लाह सुझाव दिन पालिकाहरुलाई आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फरक फरक आएको भन्दै तथ्याक संकलन गर्न तीन सदस्यीय समिति गठन गरिएको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्