खुम्बु पासाङल्हामू : बुप्सामा खाद्यान्न तथा नि:शुल्क औषधि बितरण



सोलुखुम्बु , १६ कार्तिक ।खुम्बु पासाङ्ल्हामु गाउंपालिका वडा नं १ मा बुप्सामा कोङ्दे युवा क्लबको सहजीकरणमा ९४जनालाई राहत र १५ दीर्घ रोगीलाई नि:शुल्क तीन महिनाका लागि औषधि वितरण गरिएको छ ।

हेल्प फोर बुप्सा नेपाल लाइफ च्यारिटी संस्थाका प्रतिनिधि आङ छोम्बी शेर्पाको आर्थिक सहयोगमा कोङ्दे युवा क्लबले ९४ धरधुरीलाई प्रतिपरिवार ४kg चिनी ५kg नुन, २kg तेल १ कार्टुन चाउचाउ,१ kg चिउरा शनिबार बितरण गरिएको क्लबले जनाएको छ।साथै, कोङ्दे युवा क्लबको सदस्य अहेव लाक्पा गेल्जेन शेर्पा र Green Paw Adventures Nepal को आर्थिक सहयोग र कोङ्दे युवा क्लबको सहजीकरणमा १५ दीर्घ रोगी लाई नि:शुल्क तीन महिनाको औषधि वितरण गरिएको पनि जनाइएको छ।

औषधि प्राप्त गर्नेमा उच्च रक्त चापका ७बिरामी, थाइराइडका १ जना,दमको बिरामी २जना र मुटु रोगका बिरामी १जना रहेको अहेव शेर्पाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्