अन्डरवेयरमा लुकाएको ६३५ ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं,३० कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत कात्तिक २९ गते काठमाडौं आएका ४२ वर्षीय झान गुओछिङलाई जाँच गर्ने क्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा उक्त पदार्थ फेला परेको विमानस्थल प्रहरीले जनाएको छ।

बरामद पदार्थ दुई थान रहेको र त्यसको तौल ६३५.९६ ग्राम रहेको छ। पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्