परराष्ट्र सचिवस्तरीय वार्तापछि भेटघाटमा भारतीय बिदेश सचिब मिस्री
काठमाडौं,१८ कार्तिक । परराष्ट्र सचिव अमृतबहादुर राई र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच बुधबार काठमाडौंमा औपचारिक द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका समग्र आयामहरूमा विस्तृत छलफल भएको छ । बैठकमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान, कनेक्टिभिटी (यातायात तथा सञ्जाल विस्तार), द्विपक्षीय व्यापार, विकास सहयोग, ऊर्जा साझेदारी तथा जनस्तरको सम्बन्धलगायतका महत्त्वपूर्ण विषयहरू समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा दुवै पक्षले दुई देशबीच रहेको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतका विदेश सचिव मिस्री परराष्ट्र सचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आइपुगेका हुन् ।उनले बिहीबार प्रधानमन्त्री बालेनसंग भेट्ने कार्यक्रम छ।उनले आजै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसंग भेटवार्ता गरेका छन् ।


