ज्येष्ठ नागरिकहरुलाई युवा समाजसेवी शैलेन्द्र राज बानियाँको सहयोग



हेटौँडा,११ कात्तिक । समाजसेवा ठूलो भाषण र प्रचारमा होइन, अरूको दुःख, आवश्यकता र भावनालाई आत्मसात् गर्दै गरिने सानो तर अर्थपूर्ण सहयोगमा प्रतिबिम्बित हुन्छ । यही मानवीय भावनालाई व्यवहारमा उतार्दै नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य तथा युवा समाजसेवी शैलेन्द्र राज बानियाँले ज्येष्ठ नागरिक बा–आमाहरूका लागि प्रशंसनीय सहयोग गरेका छन् ।
बानियाँले हेटौँडा उपमहानगरपालिका–१८ स्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई एक थान टेलिभिजन सहयोग गरेका हुन्। ज्येष्ठ नागरिकको दिनचर्यालाई थप सहज, मनोरञ्जनपूर्ण र ज्ञानवर्धक बनाउने उद्देश्यले उनले उक्त टेलिभिजन प्रदान गरेका हुन् ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिक बा–आमाहरूको आत्मीय उपस्थिति रहेको थियो। नयाँ टेलिभिजन प्राप्त भएपछि सेवा केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरूका लागि सूचना, मनोरञ्जन तथा विभिन्न ज्ञानवर्धक कार्यक्रम हेर्ने अवसर थपिने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेस हेटौँडा–१८ वडा कार्यसमितिका सभापति लालबहादुर जिम्बाको सभापतित्व तथा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरीको प्रमुख आतिथ्यतामा टेलिभिजन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्