कांग्रेस आदिवासी जनजातितर्फबाट सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ निर्बाचित
काठमाडौं,२८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत जारि मतगणनामा आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ अत्याधिक मतका साथ विजय भएका छन्।

उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।
आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।


