बर्षाले सर्यो कांग्रेसको बन्दसत्र : अपरान्ह चार बजे सुरु हुने
काठमाडौं,२१ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ।

११ बजेदेखि शुरू भएर महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएपछि अपराह्न चार बजेका लागि सुरु गरिने नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले जानकारी दिए।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ।कांग्रेसले बन्द सत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको काम गरिरहेको छ । भोलि बिहान मतदान हुँदैछ ।




